जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट फरार भएका तीनैजना थुन्वा पक्राउ परेको छन् । बुधबार राति करिब १ बजेतिर प्रहरी कार्यालयको थुनुवा कक्षबाट झ्याल तोडेर फरार भएका वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु र भेरी गंगा नगरपालिका घर भएका वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरा पुनः पक्राउ परेका हुन् ।
फरार भएको २४ घण्टा नवित्दै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । उनका अनुसार रेग्मी र थारु वीरेन्द्रनगर र कसेरा भेरीगंगाको सत्तरीबाट पक्राउ गरेका हुन् ।
लागूऔषध कारोबार अभियोगमा थुनामा रहेका उनीहरु फरार भएपछि दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।