बिहीबार, भदौ ४, २०८३

भारतबाट आएकालाई घरघर पुगेर खोज्दै सप्तरी प्रहरी

भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा नेपाली नागरिक पनि सहभागी भएको सूचना आएलगत्तै सप्तरी प्रहरीले खोजतलास तिव्र पारेको छ ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

जनकपुरधाम– भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा नेपाली नागरिक पनि सहभागी भएको सूचना आएलगत्तै सप्तरी प्रहरीले खोजतलास तिव्र पारेको छ ।

पछिल्लो दुई दिनमा सप्तरी प्रहरीले भारतबाट आएका २७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । दिल्लीको धार्मिक सभाबारे जानकारी आएयता पछिल्लो दुई–तीन दिनभित्र ६४ जना मुस्लिम समुदायका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

सप्तरी प्रहरीले बुधबार नियन्त्रणमा लिएको आठजना दिल्लीको धार्मिक सभाबाट फर्केको बताइए पनि प्रसाईंले उनीहरु दिल्लीबाटै आएको पुष्टि नभएपनि भारतको विभिन्न स्थानबाट फर्केर सप्तरी पुगेको उल्लेख गरेका छन् ।

‘केही व्यक्ति दिल्लीबाट फर्केको भनिएको छ, उहाँहरुबाट हामीले त्यस्तो कुनै कागजात फेला पार्न सकेका छैनौं,’ प्रसाईंले नेपाल समयलाई भने, ‘दिल्लीबाट आएको पुष्टि नभएपनि पटना, दरभंगालगायतको स्थानबाट आएको उहाँहरुले स्वयं बताउनु भएको छ ।’

उनले पछिल्लो केहीदिनयता भारतबाट फर्केकाहरुको घरसम्म पुगेर खोजी भइरहेको जानकारी दिए । ‘कतिपय स्थानीयहरुले हामीसम्म सूचना पुर्याएका छन्, सञ्चारकर्मीहरुले पनि सहयोग गरेकाछन्, सोही आधारमा खोजीकार्य भइरहेको छ,’ प्रसाईंले भने ।

सीमानाका पूर्ण रुपले बन्द रहेपनि चोरबाटो प्रयोग गरेर उनीहरु नेपाल प्रवेश गरेको प्रसाईंले बताए । ‘दुबैतर्फबाट नाका पूर्ण रुपले बन्द छ, मुख्य नाकाबाट कोही आउने सम्भावना छैन,’उनले भने, ‘खुल्ला सीमा भएकोले कतिपय चोरबाट आउने गरेका छन्, उनीहरुलाई खोजी गरेर क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।’

सप्तरीमा सबै पालिकाले आ–आफ्नै क्वारेन्टाइन सञ्चालन गरेको बताउँदै उनले जिल्लाको १८ पालिकामा जम्मा २० वटाक्वारेन्टाइन रहेको जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी सप्तरीस्थित क्वारेन्टाइनमा दुई सयभन्दा बढी शंकास्पदलाई राखिएको छ ।

प्रकाशित: Apr 02, 2020| 19:46 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।