बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको अमानवीय व्यवहार : सुत्केरी र रोगी स्वास्थ्यकर्मीलाई पनि बिदा नदिन निर्देशन

सरकारको अमानवीय व्यवहार : सुत्केरी र रोगी स्वास्थ्यकर्मीलाई पनि बिदा नदिन निर्देशन

सरकारले स्वास्थ्य सेवाका कर्मचारीमाथि अमानवीय व्यवहार प्रदर्शन गरेको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- सरकारले स्वास्थ्य सेवाका कर्मचारीमाथि अमानवीय व्यवहार प्रदर्शन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका कर्मचारीमाथि यस्तो निकृष्ट व्यवहारको नमूना प्रस्तुत गरेको हो।

यसअघि मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले एउटा परिपत्र गरी दीर्घरोगी, गर्भवती एवम् सुत्केरी महिलाहरुलाई कोभिड–१९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउन परिपत्र गरेको थियो।

विभाग चैत १५ गते जारी गरेकाे उक्त पत्रमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त परिपत्र कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

पत्रमा भनिएको छ, ‘विभागले गरेको उक्त परिपत्रमा जेसुकै कुरा लेखिएको भएता पनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सूचारु गर्नका लागि कुनै पनि कर्मचारीलाई विदा र काजमा नछोडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ।’

विभागले पनि यसअघि दीर्घरोगी, गर्भवती एवम् सुत्केरी महिलाहरुबाहेक अरु कुनै पनि स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णय गरेको थियो।

यस्तो अवस्थामा मन्त्रालयले बिरामी वा रोगी कर्मचारीलाई पनि यस्तो जोखिमयुक्त भाइरसको उपचारका नाममा अमानवीय व्यवहार प्रदर्शन गरेको हो।

मन्त्रालयले यो सूचना आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ।

प्रकाशित: Apr 02, 2020| 19:25 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।