बिहीबार, भदौ ४, २०८३

विपन्नलाई अटोमोबाइल डिलर्सको सहयोग

अटोमोबाइल डिलर्स एशोसिएसन जनकपुरले गरीब तथा विपन्न परिवारलाई खाद्यान्नलागायतका सामग्री सहयोग गरेको छ ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

जनकपुरधाम– अटोमोबाइल डिलर्स एशोसिएसन जनकपुरले गरीब तथा विपन्न परिवारलाई खाद्यान्नलागायतका सामग्री सहयोग गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी ‘लकडाउन’ को अवधि थपिएपछि समस्यामा परेका १५० गरीब तथा विपन्न घरधुरीलाई एशोसिएसनले सहयोग गरेको हो ।

एशोसिएसनले दैनिक मजदुरी र ज्यालादारी गरी जीवनयापन गरिरहेका जनकपुरधाम उपमहानगरपालिका–७ का दलित समुदायलाई राहत सामग्री वितरण गरेको छ ।

‘लकडाउन’ ले दैनिक मजदुरी र ज्यालादारी गरेर गुजारा गरिरहेका १५० परिवारलाई एशोसिएनले चामल, दाल, आलु, प्याज, नुन, सोयाबिन, साबुनलगायतका खाद्यान्न सामग्री राहतस्वरुप सहयोग गरेको एशोसिएसनका अध्यक्ष प्रमोद साहले बताए ।

विहिबार वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहको पहलमा गरीब तथा विपन्नहरुलाई राहत वितरण गरिएको र अन्य वडामा आवश्यक भए त्यसको लागि पनि आफूहरु तयार रहेको एशोसिएसनका अध्यक्ष साहले बताए ।

‘लकडाउन’ लागु भएयता जनकपुरस्थित विभिन्न संघसंस्थाहरुले गरीब तथा विपन्न परिवारलाई खाद्यान्न, खाना, खाजा निःशुल्क सहयोग गरिरहेका छन् । ती संघसंस्थाहरुले विभिन्न वडाहरुमा पुगेर ‘लकडाउन’ का कारण समस्यामा रहेका गरीब तथा विपन्नहरुको घरसम्म पुगेर राहत पुर्याउने काम गरिरहेका छन् ।

प्रकाशित: Apr 02, 2020| 18:17 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।