बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले सरकारलाई भन्यो- सीमामा रोकिएका नागरिकबारे जवाफ देऊ

सर्वोच्चले सरकारलाई भन्यो- सीमामा रोकिएका नागरिकबारे जवाफ देऊ

सर्वोच्च अदालतले भारतीय सीमामा रोकिएका नेपाली नागरिकलाई देशभित्र ल्याउने तयारीबारे तत्काल जवाफ दिन सरकारलाई आदेश दिएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- सर्वोच्च अदालतले भारतीय सीमामा रोकिएका नेपाली नागरिकलाई देशभित्र ल्याउन भइरहेकाे तयारीबारे तत्काल जवाफ दिन सरकारलाई आदेश दिएको छ।

देशभित्र छिर्न पाउने नागरिकको अधिकार भएको भन्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बिहीबार लिखित जवाफसहित अदालतमा उपस्थित हुन सरकारका नाममा आदेश दिएकाे हाे।

अधिवक्ता मनीषकुमार श्रेष्ठ, रामदत्त ओझा, मनीराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले सीमामा रहेका नेपालीलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफसहित संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारलाई बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, गृहमन्त्री, गृह, रक्षा र परराष्ट्र मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कैलाली, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिलाई विपक्षी बनाइएको छ।

नेपालभित्र आउन नपाउने गरी विपक्षीले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी नेपाली जनतालाई देशका वभिन्न सीमा नाकाबाट नेपाल प्रवेशमा कुनै किसिमको रोक नलगाउनु भनी परमादेश जारी गर्न माग गर्दै रिट दर्ता गरिएको थियो। यस्तै प्रकृतिकाे अर्काे रिटमा २४ गतेका लागि सुनुवाइ ताेकिएकाे छ।

मानव अधिकार आयोग भन्छ'सीमामा अलपत्र नेपालीलाई तत्काल घर फर्काऊ'

 

प्रकाशित: Apr 02, 2020| 17:22 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।