बिहीबार, भदौ ४, २०८३

रत्ननगरमा जनजीवन सामान्य

चितवनको रत्ननगर नगरपालिकामा लकडाउन पूर्ण रूपमा पालना नभएको पाइएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- चितवनको रत्ननगर नगरपालिकामा लकडाउन पूर्ण रूपमा पालना नभएको पाइएको छ।

नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २ को संगम चोकमा जनजीवन सामान्य देखिएको छ। अफिस, स्कुल र पसल बन्द रहे पनि जनजीवन सामान्य देखिएको स्थानीय बताउँछन्।

‘सामान्य आवातजावत भइरहेको छ,’ स्थानीय राम श्रेष्ठले भने, ‘मासुपसल १२ बजेसम्म खुलेकै छन्। गाउँ जाने हुलका हुल बसमा गइरहेका छन्। कडा लकडाउन भएको छैन। काम गर्न पाइएन अरु सबै सामान्य छ।’

प्रहरीको गस्तीको बेला मान्छे सतर्क हुने र गस्ती नभएको बेला हिँडडुलमा उस्तो कडा नभएको स्थानीय बताउँछन्।

 प्रहरी आएका बेला भने हिँडिरहेकालाई समातेर लाने गरेको छ,’ अर्का स्थानीय राज श्रेष्ठले भने, ‘फेरि यहाँ किसानको बस्ती भएकाले पनि बजारमा सामान पुर्याउन जानेहरुको भीड देखिएको हो।’

चितवन आसपास तथा अन्यत्रका उद्योगमा काम गर्ने कामदार बस रिजर्भ गरेर गाउँ गइरहेका छन्। ग्रामीण क्षेत्रमा जाने बस पनि चलेका छन्। ग्यास र खाद्यान्न नियमित ढुवानी भइरहेको छ। 

‘अब कर्फ्यु नै लगाएको भए त निस्कने कुरा थिएन। खानेकुराको जोहो पनि गर्नै पर्यो । त्यसैले पनि आहोरदोहोर त हुने नै भयो,’ श्रेष्ठले भने।
प्रशासनले भने आपतविपतमा परेका बाहेकलाई आवजजावतमा रोक लगाइएको र सवारी सञ्चालनमा कडाइ गरेको जनाएको छ।

प्रकाशित: Apr 02, 2020| 17:12 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।