बिहीबार, भदौ ४, २०८३

निगमले कोरोना नियन्त्रण कोषमा दियो ५० करोड

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा नेपाल आयल निगमले सरकारले राखेको रकम जति नै सहयोग गरेको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं – नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा नेपाल आयल निगमले सरकारले राखेको रकम जति नै सहयोग गरेको छ।

सरकारले ५० करोड रुपैयाँ राखेर सो कोष स्थापना गरेको थियो। सोही रकम बराबरको सहयोग निगमले पनि दिएको अर्थमन्त्रालयले जनाएको छ। यो सँगै निगम अन्य संस्था भन्दा बढी सहयोग गर्ने संस्थाको रुपमा देखिएको छ।

निगमको बुधबार बसेको संचालक समितिको बैठकले सो कोषमा ५० करोड सहयोग गर्ने निर्णय गरेको थियो। निगमले बिहीबार नै उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिसकेको छ।

अर्थमन्त्रालयका अनुसार सरकारले स्थापना गरेको सो कोषमा बिहीबार नै बीमा समितिले ५ करोड रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। त्यसैगरी नेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषले ३ करोड, नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख, सिडिएस कम्पनीले ३५ लाख, राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २ करोड रुपैयाँ कोषमा सहयोग गरेका छन्।

त्यसैगरी राष्ट्रिय बीमा संस्थानले १ करोड, नेपाल पुनर्बीमा कम्पनीले १ करोड ११ लाख, नागरिक लगानी कोषले २ करोड, कर्मचारी सञ्चय कोषले ५ करोड, नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड र नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। अर्थमन्त्रालयका अनुसार अन्य २० भन्दा बढि बैंकहरुबाट २२ करोड रुपैयाँ योगदान गर्ने घोषणा मध्येको रकम निरन्तर आउने प्रक्रियामा रहेको छ।

 

प्रकाशित: Apr 02, 2020| 16:50 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।