बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनमा कोरोना भाइरसबाट निको हुन २५ सय बाँकी, नयाँ थपिएका छैनन्

चीनमा कोरोना भाइरसबाट निको हुन २५ सय बाँकी, नयाँ थपिएका छैनन्

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अब यसबाट संक्रमित भएका बिरामीको संख्या २ हजार ६ सय ४० बाँकी छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अब यसबाट संक्रमित भएका बिरामीको संख्या २ हजार ६ सय ४० बाँकी छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ८२ हजार ३ सय ६१ जनालाई कोरोना भाइरसको लक्षण देखिएको थियो। यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७६ हजार ४०५ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्।

बाँकी २ हजार ६ सय ४० बिरामीको उपचार भइरहेको छ। करिब ४ सय जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोना अमेरिका, इटाली, स्पेनलगायत देशमा अहिले प्रकोपका रुपमा फैलिरहेको छ। इटालीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ। इटालीपछि स्पेन र त्यसपछि अमेरिका छन्।

प्रकाशित: Apr 02, 2020| 07:43 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।