बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट अमेरिकामा एकैदिन हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा एक हजारभन्दा बढीको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बुधबार त्यहाँ १ हजार ४७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ।

नयाँ संक्रमण पनि हिजो निकै देखिएको छ। एकैदिन २६ हजार ४३६ मा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमितको संख्या दुई लाख १४ हजार ९६६ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित छ न्यूयोर्क। त्यहाँ हिजो एकैदिन पाँच सय पाँच जनाको मृत्यु भयो भने सात हजार ९१८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ९ लाख ३५ हजार ११४ पुगेको छ। एक लाख ९३ हजार ९८९ जना भने निको भएर घर फर्किएका छन्।

प्रकाशित: Apr 02, 2020| 06:39 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।