शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

National life

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित गणेशे बगरमा शनबिार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीपीडित ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन्।

उनले तत्काल पीडित परिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने बताउँदै निर्माणका लागि हिमाली भेगमा पाँच लाख, पहाडी भेगमा चार लाख र तराई भेगमा तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।  प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल र विद्यालय सरकारले बनाउने घोषणा गरे। 

ओली मेलम्चीमा बाढी आएको २६ दिनपछि नेपाली सेनाको एनए ०५३ हेलिकप्टरबाट १२ सदस्यीय टोलीसहित स्थलगत अवलोकनमा गएका हुन्।  असार १ गते हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोलामा ताल बनेको थियो। ताल फुट्दा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका तटवर्ती क्षेत्रमा अर्बौंको क्षति भएको छ। 

प्रकाशित: Jul 10, 2021| 17:45 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।