काठमाडौं– देशका विभिन्न जिल्लामा चार जना मृत अवस्थामा भेटिएका छन्।
बझाङमा दुई तथा सर्लाही र खोटाङमा एक/एक जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बझाङको तलकोट गाउँपालिका–१ डोरिपाटाका ७१ वर्षीय डबलबहादुर कुँवर सोही ठाउँस्थित आफ्नै खुद्रा पसलभित्र बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, बझाङकै जयपृथ्वी नगरपालिका–११, भोपुर नजिक सेती नदीमा परिचय खुल्न नसेका एक पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सर्लाहीको बलरा नगरपालिका–४, जब्दीका १६ वर्षीया सुगान्धीकुमारी सहनी खेतमा बुधबार बिहान मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका २१ वर्षीय डिल्लीकुमार राई सोही नगरपालिका–८ दाम्ले खोला छेउमा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।