काठमाडौं- नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको लकडाउनको नेपाल प्रहरीले ड्रोनबाट पनि अनुगमन थालेका छ।
लकडाउनलाई थप प्रभावकारी बनाउन प्रहरीले अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा बुधबार अनुगमन शुरु गरिएको जनाएको छ।
विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत बन्दको ड्रोनबाट अनुगमन गरिएको प्रहरीले जनाएको छ।