बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमै पहिलो पटक लामो गन्तव्यको उडान भर्दै निगमको वाइडबडी

इतिहासमै पहिलो पटक लामो गन्तव्यको उडान भर्दै निगमको वाइडबडी

नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज (बुधबार) अष्ट्रेलिया उड्दैछ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं – नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज (बुधबार) अष्ट्रेलिया उड्दैछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ साढे ५ बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ। निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो। मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ।

वाइडबडी जहाजले अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए। उनले ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यो उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपाल अवतरण गर्ने तालीका रहेको जानकारी दिए।

निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान पनि गर्दैछ। चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ।

यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौं ल्याएको थियो। हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

प्रकाशित: Apr 01, 2020| 16:44 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।