बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डीभी ग्रुपद्वारा प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग

डीभी ग्रुपद्वारा प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग

डीभी ग्रुपले प्रदेश २ सरकारलाई १० हजार थान मास्क सहयोग गरेको छ। विश्वभर कोरोना महामारी फैलिइरहेका बेला डीभी ग्रुपले प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग गरेको हो।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

जनकपुरधाम -  व्यवसायिक प्रतिस्ठान डीभी ग्रुपले प्रदेश २ सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग गरेको छ।

डीभी ग्रुप तथा नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथप्रसाद शाहले बुधबार प्रदेश सरकारलाई सर्जिकल मास्क सहयोग गरेको मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए।

अध्यक्ष शाहले संक्रमण रोकथाममा सहयोगी हुने सर्जिकल मास्कको देशभर अभाव रहेकाले  प्रदेश सरकारलाई मास्क सहयोग गरेको बताएका छन्। 

उक्त मास्क आवश्यकताअनुसार सर्वसाधारणहरुलाई वितरण गरिने मुख्यमन्त्रीका स्वकीय सचिव यादवले बताए।

प्रकाशित: Apr 01, 2020| 16:02 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।