बिहीबार, भदौ ४, २०८३

दिल्लीस्थित क्वारेन्टाइनमा २० नेपाली

भारतको नयाँदिल्लीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी २० नेपालीको कोरोना परीक्षणका लागि नमुना लिइएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं- भारतको नयाँदिल्लीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी २० नेपालीको कोरोना परीक्षणका लागि नमुना लिइएको छ।

दिल्लीस्थित विभिन्न क्वारेन्टाइनमा राखिएका उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको नयाँदिल्लस्थित नेपाली दूतावासले जनाएको छ। 
'उक्त धार्मिक सभामा नेपालीहरू पनि रहेको र उनीहरूलाई पनि क्वारेन्टाइनमा नेपालीलाई राखिएको भन्ने थाहा पाएपछि हामी भारतीय पक्षसँग निरन्तर सम्पर्कमा छौं', नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने। उनका अनुसार नमुना परीक्षणको नतिजा आउन बाँकी छ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई उक्त धार्मिक सभामा सहभागी नेपालीबारे प्राप्त सबै जानकारी पठाइसकेको छ। त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेका छन्।

दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा भएको उक्त धार्मिक सभामा भारत र अन्य मुलुकबाट हजारौं मानिस पुगेका थिए। नेपालका पनि विभिन्न जिल्लाका मानिस गएका थिए। धार्मिक कार्यक्रमकै कारण भारतका २० भन्दा बढी राज्यमा कोरोना भाइरस फैलिएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।

 

प्रकाशित: Apr 01, 2020| 15:30 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।