बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुनामुक्त भएका छन्। विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थुनुवाको संख्या आवश्यक भन्दा बढि भएपछि भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।
भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी जमानीमा छाडिएको उनले बताए। प्रहरीको हिरासतमा अझै जघन्य अपराधका २८ जना थुनुवा छन्।