बिहीबार, भदौ ४, २०८३

पत्रकारलाई विशेष राहत देऊ : समिति

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार र आमसञ्चरमाध्यमका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार र आमसञ्चरमाध्यमका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।

केही दिनअघि सरकारले घोषणा गरेको राहतमा लकडाउनको अवस्थामा ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गर्न अहोरात्र खटिरहेका पत्रकारलाई सम्बोधन नगरिएको भन्दै समितिले गुनासो गरेको छ।

समितिले भनेको छ, 'सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यम छुटेको हुँदा अब विशेष राहत प्याकेज तत्काल घोषणा गर्न अपिल गरिन्छ।' 

समितिले श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठानलाई थप गम्भीर बन्न अनुरोध गरेको छ।
कतिपय श्रमजीवी पत्रकारले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकाले सम्बन्धित आमसञ्चार प्रतिष्ठानका व्यवस्थापनलाई मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरेको छ।

सरकारले आमसञ्चार उद्योगलाई सरकारको प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नवीकरण र कर छुट को व्यवस्थासमेत मिलाउन माग गरेको छ।

'मोफसल र श्रमजीवीले सञ्चालन गरेका स्वरोजगारमूलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा छन्। उनीहरुका लागि पनि राज्यका तर्फबाट ठोस आर्थिक राहत जरुरी छ', समितिका अध्यक्ष राजेन्द्र अर्यालद्वारा जारी अपिलमा भनिएको छ।

प्रकाशित: Apr 01, 2020| 12:55 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।