बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • स्टार खेलाडीलाई हराउँदै सक्करी र एम्मा यूएस ओपनको सेमिफाइनलमा

स्टार खेलाडीलाई हराउँदै सक्करी र एम्मा यूएस ओपनको सेमिफाइनलमा

ग्रिक खेलाडी मारिया सक्करीले करोलिना प्लिसकोवालाई २–० को सेटमा हाराउँदै बुधबार यूएस ओपनको सोमिफाइनलमा पुगेकी छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– ग्रिक खेलाडी मारिया सक्करीले करोलिना प्लिसकोवालाई २–० को सेटमा हाराउँदै बुधबार यूएस ओपनको सोमिफाइनलमा पुगेकी छन्।

पहिलो सेटमा ६–४ र दोस्रो सेटमा पनि त्यही जितका साथ जित निकालेकी उनले आफ्नो जित ग्रिक पिपोललाई समर्पण गरेकी छन्। आर्थुर एसे रंगशालामा उनले सानदार प्रदर्शन गर्दै जित निकालिन्। दोस्रो सेटमा पनि उनको प्रदर्शन उस्तै रह्यो। उनले लगातार २२ अंक सर्भिसबाटै कमाएकी थिइन्।

‘मैले निकै उत्कृष्ट सर्भिस गर्न सकेँ,’ उनले खेलपछि भनिन्, ‘म खुसी छु कि मैले दबाब कायम राख्न सकेँ। तर अन्तिममा खेललाई समाप्त गर्न निकै गाह्रो थियो।

उनले आफ्नो जित आपतमा परेका ग्रिकका मानिसलाई समर्पण गरिन्। जहाँ डढेलोका कारण हजारौँ मानिस विपत्मा परेका छन् र सयौँ घर जलेका छन्।

त्यस्तै, अर्को खेलमा ब्रिटिस किशोरी एम्मा रोडुकानूले सानदार जित निकालेकी छन्। १८ वर्षे एम्माले क्वार्टरफाइनल खेलमा बेलिन्डा बेनिचमाथि ६–३ र ६–४ को सहज जित निकालेकी थिइन्।

यससँगै उनी विश्व वरियताको शीर्ष ५० मा प्रवेश गरेकी छन् भने इंग्ल्यान्डको नम्बर वान खेलाडी बनेकी छन्।

अब सेमिफाइनलमा सक्करी र एम्मा भिड्नेछन्। उनीहरुको खेल शुक्रबार बिहान हुनेछ।

प्रकाशित: Sep 09, 2021| 13:36 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।