बिहीबार, भदौ १८, २०८३

मनमा तीज राखेर जितका लागि मैदान उत्रिँदै महिला फुटबल टिम

फुटबलको राष्ट्रिय कर्तव्यमा रहँदा नेपाली टिमले गरिरहेको त्यो छोटो मनोरञ्जनमा भावना, टिम स्पिरिट त जोडिएकै छ। त्यसमाथि पनि फुटबलले नेपाली चाडपर्वसँग साइनो गाँस्न थालेको देखिन्छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– तीन दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेजमा एउटा भिडियो अपलोड भयो। त्यो भिडियोमा नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी सृजना सिंह कम्मर मर्काउँदै नाचिरहेकी थिइन्।

क्याप्सन लेखिएको थियो, ‘सामूहिक मनोरञ्जन। सिर्जना सिंहको यो छोटो क्लिप हेर्नुहोला।’

त्यसपछि नेपाल र बंगलादेशको खेलको बारेमा जानकारी दिइएको थियो। यता, आज देशभरि धुमधामका साथ तीज मनाइँदै छ। तीन दिनअघि पनि तीजको माहोल सुरु भइसकेको थियो। र, सिर्जना सिंह नाचेको गीत पनि तीजभन्दा फरक थिएन। ‘चिटिक्कै भा’छु रे त्यो रातो साडीले...’ सिन्धु मल्लको गीतमा उनी नाचिरहेकी थिइन्। भिडियोबीच नै एकजनाले फ्याट्ट बोलिहाल्छिन्, ‘कट्टु लगाएर सारी भनिरहेछन्।’

उनी हाफ पेन्ट र टिसर्टमा थिइन्। पहिरन आफ्नो स्वतन्त्रता हो। तर, तीजमा सारी वा कुर्ता लगाएर नाच्ने चाहना थियो सायद। तर उनी नाचिरहेको र बाहिरबाट बजिरहेको तालीले ‘बायो बबल’मा रहेका खेलाडीभित्रको तीज मनाउने चाहना भने सहजै अनुमान लगाउन सकिन्छ। तर उनीहरुलाई आज त्यसरी नाच्ने अवसर छैन।

फुटबलको राष्ट्रिय कर्तव्यमा रहँदा नेपाली टिमले गरिरहेको त्यो छोटो मनोरञ्जनमा भावना, टिम स्पिरिट त जोडिएकै छ। त्यसमाथि पनि फुटबलले नेपाली चाडपर्वसँग साइनो गाँस्न थालेको देखिन्छ।

त्यसो त आज नेपाली हिन्दू महिलाहरुको विषेश चाड तीज। तीजमा नेपाली महिला टिमले दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमको खेलाडी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन्।

फुटबलको राष्ट्रिय कर्तव्यमा रहँदा नेपाली टिमले गरिरहेको त्यो छोटो मनोरञ्जनमा भावना, टिम स्पिरिट त जोडिएकै छ। त्यसमाथि पनि फुटबलले नेपाली चाडपर्वसँग साइनो गाँस्न थालेको देखिन्छ।

यता, कोभिड महामारीको जोखिमका कारण खेलाडीले टिमबाहिरका मानिससँगै रमझम गर्न पाउने छैनन्। यता महान चाड छ अर्कोतिर खेलाडीको फुटबल ड्युटी। आज नेपाली टिमले दुवै कुरा सँगै मनाउँदैछन्। त्यसैले भन्न सकिन्छ– आजको खेलमा नेपाली महिला टिमले मनमा तीज बोकेर तनले फुटबल खेल्नेछन्।

सन्दर्भ जुराइदिएको छ एन्फाले नै। ‘खासमा हामीले फिफाले जारी गरेको विन्डोमा यो खेल आयोजना गरेको थियौं। विशेष अवसरमा तीज पनि आजै परेको रहेछ,’ यति भनिसकेर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा मज्जाले हाँसे। खासमा उनले लामो समयपछिको महिला अन्तर्राष्ट्रिय फुटबलको खेल तीजकै दिन परेको हेक्का नै राखेका रहेनछन्।

‘यो त संयोग नै हो,’ उनले भने, ‘त्यति मात्र होइन। तीजको दिन त छँदैछ। आज नेपाली महिला टिमले पहिलो पटक दशरथ रंगशाला (पुनर्निर्माण भएपछि) मा अन्तर्राष्ट्रिय खेल खेल्दैछ।’

उनले थपे, ‘यस सन्दर्भमा नेपाली हिन्दू महिला र नेपाली फुटबल टिमलाई जितको शुभकामना दिन चाहन्छु। महिलाहरुको महान चाडमा अर्को खुसी छाएको छ।’

अहिले नेपाली टिमको दुई खेलाडीले विवाह गरिसकेका छन्। नेपाली कप्तान रेनुका नगरकोटीको विवाहपछिको यो पहिलो तीज पनि हो। अर्की खेलाडी मञ्जली तामाङको पनि विवाहपछिको पहिलो तीज हो। र, उनीहरुले आज आफ्नो श्रीमान्सँग तीज मनाउन पाएनन्। रेनुका हिजो एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि आउन भ्याइनन्।

‘विवाहपछिको पहिलो तीजमा परिवारसँग हुन नपाउँदा उनको अनुभव कस्तो थियो?’ यदि उनी आएकी थिइन् भने सायद यो प्रश्न सोधिने थियो होला।

भगवती थापा– यो अवसरलाई शक्ति प्रदर्शनको रुपमा लिनुपर्छ

महिला टिमको सहायक प्रशिक्षकको रुपमा छोटो समय काम गर्न पाएकी प्रशिक्षक भगवती थापा यो अवसरलाई महिलाहरुको शक्ति प्रदर्शनको रुपमा लिनुपर्ने बताउँछिन्।

यी दुई अवसरलाई जोडेर कसरी हेर्न सकिएला, ‘कोही त विवाहित पनि छन्। सायद व्रत बस्ने थिए होलान्। तर खेल भएकाले त्यो नहोला सायद। तीजकै दिन नभएर अर्को दिन पनि राख्न त सकिन्थ्यो होला। तर, खेल भए पनि यसले नयाँ सन्देश देला।’

उनले थपिन्, ‘सकारात्मक भएर सोच्दा महिलाहरुको शक्ति प्रदर्शनका रुपमा पनि यो खेललाई लिन सकिन्छ नि। खेल जित्नै पर्नेछ। हामीले बंगलादेशलाई हराउनु छ। नयाँ प्रशिक्षकका साथ नयाँ रुपमा प्रस्तुत हुँदैछौं। तीजकै दिन जित निकालेर हामी केही गर्न सक्छौं भनेर देखाउनु पर्छ।’

‘रंगशाला बनेपछि पहिलो खेल हो। यो देशको फुटबलको घर हो। त्यहाँ खेल्नु निकै आत्मीय हुन्छ खेलाडीका लागि,’ उनले भनिन्, ‘धेरै खेल बाहिर नै भइरहेको हुन्छ। अस्ति पनि आउट अफ भ्याली खेल भयो। यसले गर्दा नयाँ ठाउँमा घरेलु समर्थकमाझ खेल्न आत्मिय हुन्छ।’

तर एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको टिमले रंगशालामा खेल्न केही गाह्रो चाहिँ हुने उनी बताउँछिन्। ‘उत्साह पनि छ। चुनौती पनि छ,’ भगवती भन्छिन्।

‘म चाहिँ पहिलेबाटै ब्रत बसेको हो। मैले सम्झिँदैदेखि व्रत बसिरहेको छु। पहिले बुवा आमाले पनि व्रत बस्नुपर्छ भन्नुहुन्थ्यो। यो वर्ष पनि बस्छु नि,’ उनले हिजो (बुधबार साँझ) उत्साहित हुँदै भनिन्, ‘हामी त व्रत बस्ने हो एकदमै। खेलाडीहरु व्रत बस्ने वा नबस्ने कुरा चाहिँ टिममा भएको छैन।’

प्रकाशित: Sep 09, 2021| 13:21 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।