बुधबार, चैत ११, २०८२

विशेषज्ञ आए, सामान बुझाए, गए

सांसद डा. सूर्य पाठकले काठमाडौंबाट बाग्लुङका लागि १०० थान पीपीई लिएर जनशक्ति हिँडेको बताए पनि अस्पतालमा भने ५० थान मात्रै पुगेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

बाग्लुङ– ठूलै प्रचारका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर फर्किएको छ ।

National life

स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा. झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बाग्लुङ आइपुगेका थिए।

उनीहरु आउने खबरले बाग्लुङमा विदेशबाट आएका र संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको थियो।

सांसद डा. सूर्य पाठकले काठमाडौंबाट बाग्लुङका लागि १०० थान पीपीई लिएर जनशक्ति हिँडेको बताए पनि अस्पतालमा भने ५० थान मात्रै पुगेको छ।

त्यसैगरी प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री पनि बाग्लुङ पुगेका छन्। अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो।

Laxmi sunrise bank
kumari

“ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौंँ”, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले भने।

कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ 

निर्देशनालयले पठाएका २५ थान पीपीई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उनले बताए। रासस

प्रकाशित: Mar 31, 2020| 08:20 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्