बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोनाबाट स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भए परिवारलाई १० लाख

प्रदेश २ मा कोरोनाबाट स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भए परिवारलाई १० लाख

धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु. दश लाख उपलब्ध गराउने भएको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु. दश लाख उपलब्ध गराउने भएको छ ।

नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको रु. ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको आज बसेको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसका साथै ‘लकडाउन’को अवधिभर नगरपालिकाअन्तर्गत कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म ल्याउने, घर पुर्याउने र आवश्यकतानुसार जनकपुरस्थित प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

रासस

प्रकाशित: Mar 30, 2020| 21:50 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।