शनिबार, फागुन ३०, २०८२

बेल्जियममा मानिसबाट बिरालोमा सर्‍यो कोरोना

हङकङका कुकुरमा संक्रमणको कुनै लक्षण नदेखिएको भए पनि बेल्जियमको बिरालोमा स्वाश्प्रस्वास र खाना अपचको समस्या देखिएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं– बेल्जियममा घरमा पालिएको बिरालोमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। समाचार संस्था एएफपीले जनाएअनुसार संक्रमण मालिकबाट बिरालोमा सरेको हो।

National life

यसअघि हङकङमा पनि दुईवटा कुकुरमा कोभिड–१९ संक्रमण देखिएको थियो। संक्रमित व्यक्तिले पालेका १७ कुकुर ८ वटा बिरालोको परीक्षण गर्दा दुईटा कुकुर संक्रमित फेला परेका थिए।

हङकङका कुकुरमा संक्रमणको कुनै लक्षण नदेखिएको भए पनि बेल्जियमको बिरालोमा स्वाश्प्रस्वास र खाना अपचको समस्या देखिएको छ।

डा. इमानुयल आन्द्रेका अनुसार संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कले घरपालुवा जनावर पनि जोखिममा परेका छन्। मानिसबाट घरपालुवा जनावरमा सरेको भए पनि अहिलेसम्म जनावरबाट जनावर र जनावरबाट मानिसमा कोभिड–१९ सरेको पुष्टि भएको छैन्।

आन्द्रेले जनावरलाई पनि पौष्टिक खाना खुवाउन र उनीहरूको सम्पर्कमा पुगेपछि हात धुन सुझाव दिएका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 28, 2020| 13:11 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।