बिहीबार, साउन १४, २०८३

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना संक्रमण

संयुक्त राष्ट्रसघंका ८६ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

संयुक्त राष्ट्रसघंका ८६ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी छन्। त्यसैगरी अफ्रिका, एसिया महादेशलगायत मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित छन्।

बिरामीमध्ये अधिकतरको अवस्था सामान्य रहेको उनले जानकारी दिए। उनीहरूले घरबाटै काम गरिरहेको उनको भनाई छ।

उनका अनुसार राष्ट्रसंघको जेनेभास्थित कार्यालयका हजार कर्मचारीमध्ये बिहीबार झन्डै ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए।

त्यसैगरी, भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमितरूपमा टाढा बसेर काम गरिरहेका छन् भने इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गर्दैछन्।

प्रकाशित: Mar 28, 2020| 10:49 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।