शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरसलाई जितेपछि आंशिक रुपमा खुल्दै वुहान

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहान सहर विस्तारै खुल्दै गएको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

एजेन्सी- विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहान सहर विस्तारै खुल्दै गएको छ।

National life

झण्डै दुई महिना लामो आइसोलेसनपछि वुहानका नागरिक घर बाहिर निस्किन थालेका छन्।

शनिबार वुहानका रेल स्टेशनहरुमा यात्रुहरुको भिड देखिएको छ।

वुहानमा मानिसहरुलाई प्रवेश गर्न दिन थालिएको छ। तर त्यहाँबाट बाहिर जान भने अनुमति छैन।

हुबेईको राजधानी वुहानमा ५० हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका थिए। जसमा झण्डै ३ हजारको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

अहिले वुहानमा कोरोना भाइरसको संक्रमण निकै घट्दै गएको छ। शुक्रबार दिनभरमा जम्मा ५४ जना नयाँ संक्रमित भेटिएका छन्। उनीहरु सबै विदेशी नागरिक हुन्।

केही दिनयता देखिएका नयाँ संक्रमितहरु सबै विदेशी नागरिकहरु भएपछि चीनले विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाएको छ।

चीनको भिषा भएका तथा बसोबासको अनुमति पाएकालाई समेत चीनले केही समयका लागि चीन प्रवेशमा रोक लगाएको छ।

वुहानमा अहिले विदेशी विमानहरु हप्तामा बढीमा एउटा आउने अनुमति दिइएको छ भने आन्तरिक उडान पनि खासै हुन सकेका छैनन्।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसबाट झण्डै ६ लाख मानिस संक्रमित भएका छन्। जसमा झण्डै २८ हजार मानिसको मृत्यु भइसकेको छ।

अमेरिकामा सबैभन्दा बढी १ लाख ४ हजार मानिस संक्रमित भएका छन्।

प्रकाशित: Mar 28, 2020| 09:57 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।