शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काेराेनाबाट भारतमा १९ काे मृत्यु , एकै दिन ११० लाई संक्रमण

काेराेनाबाट भारतमा १९ काे मृत्यु , एकै दिन ११० लाई संक्रमण

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

नयाँदिल्ली- भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

National life

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभन्ना भागमा गरी पछिल्लो चौबीस घण्टामा ११० जनामा संक्रमण पुष्टि भएको छ।
योसहित भारतमा कोरोना संक्रमितको संख्या ८३४ पुगेको छ।

विज्ञहरुका अनुसार भारतमा अब संक्रमणको तेस्रो चरण सुरु हुँदै छ। यसलाई कम्युनिटी टन्मिसन अर्थात् सामुदायिक संक्रमण भनिन्छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसविरुद्ध खोप तयार गर्न कम्तीमा १२ देखि १८ महिनासम्म लाग्छ।

भारतमा कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरिएको आज चौथो दिन हो। लकडाउन गरिएका कारण विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल ठप्प छ भने फिल्म उद्योग बलिउड बन्द छ। कैयन् ठूला सहर बन्द हुँदा आर्थिक अवस्था खस्किन थालेको छ।

Laxmi sunrise bank
kumari
Caption

प्रकाशित: Mar 28, 2020| 06:53 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।