मंगलबार, वैशाख २९, २०८३

कोरोना संक्रमणको सबैभन्दा ठूलो ‘हब’बन्यो अमेरिका

अमेरिकामा कोरोनाका संक्रमितको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी भएको छ। अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ। इटाली र स्पेनमा कहर मच्चाइरहेको कोरोना पछिल्लो समय अमेरिकामा तिव्र रुपमा फैलिरहेको छ। यो सँगै अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित विश्वको पहिलो मुलुक बनेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

अमेरिकामा कोरोनाका संक्रमितको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी भएको छ। अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ। इटाली र स्पेनमा कहर मच्चाइरहेको कोरोना पछिल्लो समय अमेरिकामा तिव्र रुपमा फैलिरहेको छ। यो सँगै अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित विश्वको पहिलो मुलुक बनेको छ।

National life

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३४५ जनाको मृत्यु भएको छ भने १८ हजार व्यक्तिमा संक्रमण फेला परेको छ। आँकडाअनुसार अमेरिकमा प्रत्येक एक मिनेटमा १३ नयाँ संक्रमित फेला पर्न थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले दिएको जानकारीअनुसार अमेरिकामा कुल संक्रमितको संख्या १ लाख ४ हजार ७ पुगेको छ। अमेरिकामा पछिल्लो तथ्याङ्क अनुसार १६९३ जनाको मृत्यु भैसकेको छ।

अमेरिकामा इटालीभन्दा १५ हजार र चीनभन्दा २० हजार बढी संक्रमित फेला परेको छन्। तर, अमेरिकामा इटालीभन्दा मृत्युदर कम रहेको छ। अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित भएको छ। अमेरिकमा कुल संक्रमिको आधा प्रतिशत यसै क्षेत्रमा रहेका छन्। यहाँ ५ सय बढीको मृत्यु भैसकेको छ।

विश्वकै सबैभन्दा शक्तिशाली मुलुकको सबैभन्दा व्यस्त शहरमा इटालीको जस्तो स्थिति सिर्जना भैरहेको छ। अस्पतालमा बेडको कमी भैरहेको छ भने चिकित्सकलाई उपचारका लागि आवश्यक उपकरणहरुको अभाव भैरहेको छ। अस्पतालका आईसीयूको कमी हुन थालेको छ। यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अभावका पूर्तिका लागि सरकार तिव्र रुपमा लागिपरेको बताएका छन्।

प्रकाशित: Mar 28, 2020| 04:18 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।