शनिबार, साउन २३, २०८३

'विद्यालयलाई क्वारेन्टाइन नबनाऊ'

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले विद्यालयलाई क्वारेन्टाइन नबनाउन सरकारसँग माग गरेको छ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

काठमाडौं- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले विद्यालयलाई क्वारेन्टाइन नबनाउन सरकारसँग माग गरेको छ। महासंघले विद्यालयमा राखिएका क्वारेन्टाइन तत्काल हटाउन पनि माग गरेको छ।

देशका विभिन्न ठाउँका विद्यालय भवनमा काेराेना भाइरसबाट शंकास्पद संक्रमितलाइ राख्न थालेपछि महासंले यस्ताे माग गरेकाे हाे।

'विद्यालयमा बिरामी बस्दा र कुनै बिरामीको मृत्यु भएमा उक्त विद्यालयमा जान बालबालिकालाई त्रास पैदा हुने भएकाले विद्यालयबाट तत्काल क्वारेन्टाइन हटाई अन्य सार्वजनिक भवन तथा स्थलमै क्वारेन्टाइनको व्यवस्थापन गर्न अपिल गर्दछ', महासंघका महासचिव गुणराज मुक्तानले विज्ञप्तिमार्फत भनेका छन्।

महासंघले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको र सरकारले बालबालिकालाई भय र त्रासबाट मुक्त वातावरणमा शिक्षा दिने प्रतिबद्धता सार्वजनिक गरिसकेको स्मरण गराएको छ।

प्रकाशित: Mar 28, 2020| 04:04 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्