बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • योगी आदित्यनाथलाई प्रियंकाको पत्र : कोरोनाविरुद्ध सहकार्य गरौँ

योगी आदित्यनाथलाई प्रियंकाको पत्र : कोरोनाविरुद्ध सहकार्य गरौँ

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छन्।

मुख्यमन्त्री योगी आदित्यनाथलाई शुक्रवार पठाएको पत्रमा गान्धीले कोरोना भाईरस विरुद्धको लडाइमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेकी हुन्। पत्रमा लेखिएको छ, “देशको आपतकालीन अवस्थामा सरकारसँग पुर्णरूपमा सहकार्य गर्न तयार रहेकोे निर्णय हाम्रो पाटीले गरेको जानकारी गराउँछु ।”

उनले अहिले मतभिन्नता बिर्सेर कोरोना विरुद्ध एकजुट भएर लडनुपर्ने समय रहेको पत्रमा उल्लेख गरेकी छन्। गरीब तथा निम्नवर्गका जनताप्रति विषेष ख्याल राख्न पनि गान्धीले मुख्यमन्त्री योगीको ध्यानार्कषण गराएकी छन्।

उनले दैनिक काम गरिखाने मजदूरवर्गलाई तत्काल राहत प्याकेज बाँड्न गर्न पनि सुझाव दिएकी छन् । काङ्ग्रेस नेत्री गान्धीले ति राहतका कार्यक्रमहरु तत्कालै सम्वन्धित व्यतिmको घरघरमा पुर्याउन अत्यावश्यक भइसकेकोमा जोड दिएकी छन्।
रासस

प्रकाशित: Mar 27, 2020| 14:41 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।