शुक्रबार, कात्तिक २८, २०८२

चेक बाउन्स मुद्दाकी दोषी पक्राउ

बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्। सोमबार उक्त मुद्दाका दोषी काठमाडौं पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेकी हुन्। 

National life

उच्च अदालत पाटनबाट दोषी ठहर भएकी श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। 

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट रकम भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

यसपछि अदालतले उनलाई गत वर्ष चैत १ गते दोषी ठहर गरेको थियो। बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको उनलाई तीन दिन कैद र १४ लाख जरिवाना हुने फैसला अदालतले सुनाएको थियो। 

प्रकाशित: Jul 27, 2021| 13:05 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।