बुधबार, चैत ११, २०८२

‘कोरोनाबाट जोगिन रक्सी-चुरोट छाड्नुहोस्, नाच्नुहोस्, आसन परिवर्तन गर्नुहोस्’

कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्। झण्डै तीन अर्ब मानिस अहिले आफ्नो घरभित्र बसिरहेका छन्।

National life

एकबाट अर्को मानिसमा सर्ने भएकाले सामाजिक दूरी कायम राख्न र घरमै बस्न विश्व स्वास्थ्य संगठनले अपिल गरेको छ भने यो आग्रहलाई धेरैजसो देशहरुले आफ्नो देशमा कार्यान्वयन गराइरहेका छन्।

नेपाल सरकारले पनि एक हप्ताका लागि कलडाउन गरेको छ भने यो अवधि थपिन सक्ने सम्भावना धेरै छ।

घरमै बस्दा पनि मानिसका कतिपय आचरणले कोरोना भाइरसको संक्रमणको जोखिम बढाइरहेको हुन्छ।

यस्तो कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख अदहानोम घ्रेब्रेयससले केही व्यक्तिगत आचारण सुधार गर्ने उपायहरु दिएका छन्।

Laxmi sunrise bank
kumari

ती उपायहरु अवलम्बन गर्दा यो भाइरस संक्रमणको जोखिम निकै कम भएर जान्छ।

डब्ल्युएचओले भनेको छ,

१. स्वस्थ र पाैष्टिक खाना : घरमै बस्नुहोस् र सकेसम्म स्वस्थ तथा पौष्टिक खानेकुरा खानुहोस्, जसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ।

२. अल्कोहल घटाउनुहाेस् : तपाईँले अल्कोहल (मदिरा) सेवन गर्ने गर्नुभएको छ भने यसको मात्रा घटाउनुहोस्, चिनीजन्य गुलियो पदार्थ पिउन छाड्नुहोस्।

३. धुमपान नगर्नुहोस् : धुमपानले कोरोना भाइरसको संक्रमणलाई सहज बनाउँछ। धुमपानले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउने भएकाले कोरोना संक्रमणका लागि धुमपान सबैभन्दा खतरनाक हुन्छ।

४. अभ्यास गर्नुहोस् : हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्नुहोस् र बालबालिकालाई पनि कम्तीमा १ घण्टा यस्तो अभ्यास गराउनुहोस्।

सरकारले दिएको निर्देशनको पालना गर्नुहोस्।

एकअर्काबीचको दूरी बनाउनुहोस्।

तपाईँ घरबाट बाहिर निस्किनै पाउनुहुन्न भने अनलाइनबाट नृत्यको अभ्यासहरु हेर्नुहोस् र आफूले पनि त्यहीअनुसार नृत्य गर्नुहोस्।

योगा र वाकअप गर्नुहोस्।

सिँढीबाट झर्ने, माथि जाने अभ्यास गर्नुहोस्।

तपाईँ घरमै बसेर काम गरिरहनु भएको छ भने लामो समय एकै ठाउँमा नबस्नुहोस् आसन परिवर्तन गरिरहनुहोस्।

हरेक आधा घण्टामा कम्तीमा ३ मिनेट उभिनुहोस्।

५. दिमाग स्वस्थ राख्नुहोस् :

मानसिक स्वास्थ्यबारे पनि ख्याल गर्नुहोस्।

सामान्यतया तनाव हुनु, थाक्नु जस्ता कुराहरु सामान्य हुन्। यस्तो समयमा अलिअलि डर त लाग्छ नै।

तपाईँले विश्वास गर्ने मानिसहरुसँग कुराकानी गर्नुहोस्। सहयोग गर्नुहोस्। समुदायमा रहेका अन्य व्यक्तिहरु जसलाई सहयोग चाहिएको छ उनीहरुलाई आफूले सक्ने जति सहयोग पनि गर्नुहोस्।

छिमेकीहरुको विषयमा पनि सोच्नुहोस्, सोधपुछ गर्नुहोस्। साथी र परिवारका व्यक्तिहरुसँग पनि निरन्तर अनलाइन तथा फोन सम्पर्कमा रहनुहोस्।

गीत सुन्नुहोस्, पढ्होस्, खेल्नुहोस्।

धेरै समाचार हेर्ने र सुन्ने बानी छाड्नुहोस्।

जस्तोसुकै सञ्चारमाध्यममा आएका समाचार पनि पढ्ने काम नगर्नुहोस्। जुन विश्वसनीय सञ्चारमाध्यमहरु छन् तीनलाई मात्र सुन्ने, पढ्ने र हेर्ने गर्नुहोस्।

दिनमा एक दुई पटकमात्रै समाचार हेर्नु भए पुग्छ। 

प्रकाशित: Mar 27, 2020| 12:25 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्