शनिबार, फागुन ३०, २०८२

बेलायतका प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

National life

उनले ट्विटरमार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका हुन्।

जोनसनले ट्विटरमा लेखेका छन्, ‘मलाई २४ घण्टादेखि कोरोनाका लक्षण देखिएका थिए, परीक्षणा गराउँदा पोजेटिभ देखियो। म अहिले सेल्फ आइसोलेसनमा बसेको छु। तर म सरकारलाई निरन्तर नेतृत्व प्रदान गर्न भिडियो कन्फ्रेन्स गर्दैछु किनकि हामी कोरोना भाइरसविरुद्ध लडिरहेका छौँ, सबै मिलेर यसलाई परास्त गर्नुपर्छ।’

बिहीबार कोरोना भाइरसका लक्षण देखिएपछि प्रधानमन्त्री जोनसनले स्वास्थ्य परीक्षण गराएका  थिए।

यसअघि बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

Laxmi sunrise bank
kumari

राजकुमार चार्ल्स अहिले घरमै आराम गरिरहेका छन्। उनले दरबारका कामलाई निरन्तरता पनि दिइरहेको दरबारले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Mar 27, 2020| 11:43 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।