मंगलबार, वैशाख २९, २०८३

चीन र अमेरिकापछि अर्को शक्तिशाली देशमा कोरोनाको असर

विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर रुसमा पनि देखिन थालेको छ।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौं- विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर रुसमा पनि देखिन थालेको छ।

National life

विश्वका शक्तिशाली देशहरु चीन र अमेरिकामा ठूलै प्रकोप निम्त्यिाईसकेको कोरोना भाइरसको संक्रमण रुसमा पनि विस्तारै बढ्दै गएको हो।

चीनले कोरोना भाइरसको संक्रमणबाट केही राहत महशुस गर्दैगर्दा अमेरिकामा संक्रमणको गति तिब्र रुपमा बढिरहेको छ।

यो बीचमा शुक्रबार रुसले पनि आफ्नो देशका नागरिकलाई घर बाहिर ननिस्किन अपिल गरेको छ।

रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नाघेपछि नागरिकहरुलाई घरबाहिर ननिस्किन अपिल गरिएको हो।

प्रधानमन्त्री मिखाइल मिशुस्टिनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन अपिल गरेका छन्।

प्रधानमन्त्री मिशुस्टिनले कोरोन भाइरसको संक्रमणका लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको, मस्कोमा यो निर्णय हुन लागेको र देशभर यसको तयारी भइरहेको बताएका छन्।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ। त्यहाँ मृत्यु हुनेको संख्या १ हजार २८८ पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५ लाख ३१ हजार नाघेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ५४ पुगेको छ।

अहिलेसम्म विश्वभरबाट १ लाख २२ हजार मानिस उपचारपछि निको भएका छन्।

सबैभन्दा बढी मृत्युदर रहेको इटलीमा ८ हजार २ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।

कोरोना भाइरससँगको संघर्षमा जित हात पारेको चीनले विदेशी नागरिकका कारण कोरोना संक्रमणको अन्त्य नभएपछि विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाएको छ। भिषा पाएका तथा बसोबासको अनुमति पाएकालाई समेत चीनले प्रवेश रोकिदिएको छ।

चीनमा बिहीबार भेटिएका ५५ संक्रमितमध्ये ५४ जना विदेशी नागरिक थिए।

पछिल्लो तीन दिनमा एकजना चिनियाँ मात्र संक्रमित भेटिएका छन् भने बाँकी सबै विदेशी हुन्।

इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९२६ जना नयाँ संक्रमित भेटिएका छन्।

यो सहित इरानमा संक्रमितको संख्या ३२ हजार ३३२ पुगेको छ। त्यहाँका विभिन्न अस्पतालमा उपचार गराएर ११ हजारभन्दा बढी बिरामी निको भइ घर फर्किएका छन्।

कोरोना भाइरसबाट मृत्यु हुने उच्च दर रहेको स्पेनमा हालसम्म ४ हजार ३ नागरि।कको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या साढे ५७ हजार नाघेको छ।

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ७ सय पुगेको छ। भारतीय संचारमाध्यम आजतकका अनुसार शुक्रबार ठूलो संख्यामा संक्रमितहरु भेटिएका छन्।

उत्तर प्रदेशमा मात्रै कोरोनाका संक्रमितको संख्या ४० पुगेको छ।

आजतकका अनुसार भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। ४० जना बिरामी उपचारपछि निको भएका छन्।

प्रकाशित: Mar 27, 2020| 10:45 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।