शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।

National life

वैज्ञानिकहरुले गरेको अनुसन्धानमा सालकमा कोरोना जस्तै भाइरस फेला परेपछि यो तथ्या बाहिर आएको हो।

अनुसन्धानकर्ताहरुका अनुसार चीनमा तस्करी गर्न ल्याइएको एउटा सालकमा यस्तो भाइरस भेटिएको छ, जुन अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग मेल खान्छ।

सालक यस्तो स्तनधारी जीव हो जसको विश्वभर सबैभन्दा धेरै तस्करी हुन्छ। कतिपय ठाउँमा मासुका लागि र अधिकांश ठाउँमा यो औषधिका लागि तस्करी हुँदै आएको छ।

कतिपयले कोरोना भाइरस चमेरोबाट सरेको भन्दै आएका छन्। तर यो कुरामा कुनै वैज्ञानिक प्रमाण छैन।

Laxmi sunrise bank
kumari

अनुसन्धानकर्ताहरुको एउटा अन्तर्राष्ट्रिय समूहले भविस्यमा यसप्रकारका महामारी आउन नदिने हो भने जंगली जनावरलाई खुलेआम बजारमा बिक्रि गर्न दिने काम तत्काल बन्द गर्नुपर्ने बताएको छ।

नेचर जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानपत्रमा शोधकर्ताहरुले लेखेका छन्, 'सालक जस्ता जंगली जनावरहरुका विषयमा अतिरिक्त साबधानी अपनाउन जरुरी छ। यस्ता जनावरहरुको बिक्रिलाई पुरै निरुत्साहित गर्नुपर्छ।'

शोधकर्ताहरुका अनुसार चीन र दक्षिणपूर्वी एसियाली जंगलमा पाउने सालकमाथि अतिरिक्त नजर राख्न जरुरी छ, ताकि कोरोना भाइरस फैलाउनुमा उसको भूमिका हुन सक्छ र भविस्यमा मानिसमाथि कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने कुरा बुझिराख्नु आवश्यक छ।

कमिला खाने यो प्राणीको संसारभर सबैभन्दा धेरै तस्करी हुने भएकाले यो छिटै लोप हुने अवस्थामासमेत पुगेको छ।

या प्राणीको एसिया क्षेत्रमा परम्परागत रुपमा चिनी रोग (सुगर) को औषधि प्रयोग भइरहेको छ। कपियले यसको मासु स्वादिलो मान्ने गरेका छन्।
बीबीसी हिन्दी

प्रकाशित: Mar 26, 2020| 15:55 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।