शनिबार, पुस १२, २०८२

कर्णालीमा आइसोलेसन बनाउन तीनवटा अस्पताललाई २.५ करोड

कर्णाली प्रदेश सरकारले तीन अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ।
 |  बिहीबार, चैत १३, २०७६

देव राना

देव राना

बिहीबार, चैत १३, २०७६

सुर्खेत-  कर्णाली प्रदेश सरकारले तीन अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ।

National life

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,  सुर्खेतको प्रदेश अस्पताल र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई कोरोना उपचारको लागि तोकेको हो।

प्रदेश सरकारले तीनवटै अस्पतालमा आइसोलेसन बेड तयार पार्न निर्देशन दिएको छ।

बिहीबार (आज) साँझ बसेको मन्त्रिपरिषदको बैठकले तीनवटै अस्पताललाई आइसोलेसन कक्ष निर्माणका लागि अढाई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताललाई एक/एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Laxmi sunrise bank
kumari

ती अस्पतालहरुमा समन्वय तथा परिचालनका लागि समिति समेत गठन गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी,  प्रदेश अस्पतालमा सामाजिक विकास मन्त्री दल रावल र चौरजहारी सामुदायिक अस्पतालमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको संयोजकत्वमा सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुखहरु, जिल्ला समन्वय समितिका प्रमुख,  प्रमुख जिल्ला अधिकारी र अस्पतालका निर्देशकसहितका पदाधिकारीहरु सदस्य रहने गरी अस्पताल समन्वय तथा परिचालन समिति गठन गरिएको हो ।

मन्त्रीहरुको एक महिनाको तलव कोषमा

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित सम्पूर्ण मन्त्रीहरुले एक महिनाको तलब विपत व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन्।

रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्री सहित सवै मन्त्रिपरिषद सदस्यहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका प्रवक्ता केसीले जानकारी दिइन ।

प्रकाशित: Mar 26, 2020| 14:23 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।