बिहीबार, साउन १४, २०८३

अमेरिकामा आश्चर्यजनक रुपमा बेरोजगारी बढ्याे

कोरोना भाइरसको संकटका कारण अमेरिकामा अचानक बेरोजगारी बढेको छ। गत हप्ता अमेरिकामा ३३ लाख मानिसले आफू बेरोजगार रहेको जानकारी गराएका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

एजेन्सी- कोरोना भाइरसको संकटका कारण अमेरिकामा अचानक बेरोजगारी बढेको छ। गत हप्ता अमेरिकामा ३३ लाख मानिसले आफू बेरोजगार रहेको जानकारी गराएका छन्।

अमेरिकाको श्रम विभागको तथ्यांकअनुसार यो यसकारण पनि आश्चर्यजनक छ कि यसअघि कहिल्यै पनि अमेरिकामा यति ठूलो संख्यामा मानिसहरुले आफूलाई बेरोजगार भनेका थिएनन्।

यसअघि सन् १९८२ मा ठूलो संख्यामा अमेरिकामा बेरोजगारी देखिएको थियो। जतिबेला जम्मा ६ लाख ९५ हजार मानिसले आफ्नो नाम बेरोजगारको सूचीमा दर्ता गराएका थिए।

बुधबार राती त्यहाँको सिनेटले २ ट्रिलियन डलरको आर्थिक प्याकेज ल्याउने विधेयक पास गरेको छ।

यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो राहत प्याकेज हो।

अमेरिकामा कोरोना भाइरसको संकटका कारण होटेल, रेष्टुरेन्ट, बार, सिनेमा, जिमखाना लगायत सबै बन्द भएका छन्।

कार कम्पनीहरुले उत्पादन रोकिदिएका छन् भने हवाई सेवा पनि बन्द छ।

यसरी ठूलो संख्यामा बेरोजगारीहरु निस्किएपछि बुधबार पारित भएको विधेयकअनुसार अमेरिकाले बेरोजगारहरुलाई आर्थिक सहायता गर्नुपर्नेछ।

विधेयकमाथिको छलफलका क्रममा साना उद्योगी तथा बेरोजगारहरुलाई १२ सय डलरका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो।

बेरोजगारीको संख्या अभूतपूर्व निस्किएपछि अब के गर्ने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।

प्रकाशित: Mar 26, 2020| 14:00 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।