शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइन तयार नहुँदा भारतबाट आएका नागरिकको होटलमै बास

क्वारेन्टाइन तयार नहुँदा भारतबाट आएका नागरिकको होटलमै बास

समयमै क्वारेन्टाइन निर्माण हुन नसक्दा भारतबाट फर्किएका १ सय २ जनालाई कर्णाली प्रदेश सरकारले होटलमा राखेको छ। बुधबार नेपालगञ्जको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरीएका उनीहरु केहीलाई वीरेन्द्रनगरस्थित स्थानीय अशोका होटल र केहीलाई अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको छ।
 |  बिहीबार, चैत १३, २०७६

देव राना

देव राना

बिहीबार, चैत १३, २०७६

सुर्खेत – समयमै क्वारेन्टाइन निर्माण हुन नसक्दा भारतबाट फर्किएका १ सय २ जनालाई कर्णाली प्रदेश सरकारले होटलमा राखेको छ। बुधबार नेपालगञ्जको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरीएका उनीहरु केहीलाई वीरेन्द्रनगरस्थित स्थानीय अशोका होटल र केहीलाई अन्तरनिर्भर समाजको होस्टेलमा राखिएको छ।

National life

उद्धार गरिएका १ सय २ जना मध्ये ९६ जना पुरुष र ६ जना महिला छन्। नेपालञ्जबाट उद्धार गरिएकामा जाजरकोटका १८, सुर्खेतका १६, जुम्लाका ११, दैलेखका १०, कालिकोटका १ र अछामका १ जना गरी ५७ जना रहेका छन्। उनीहरु सबैलाई होटेलमा राखिएको छ। यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार गरिएका मध्ये सुर्खेतका ३४, जाजरकोटका २, दैलेखका ४ र कालिकोटका ५ गरी कुल ४५ जना रहेका छन्। उनीहरुमध्ये २४ जनालाई होटेलमा राखिएको छ भने बाँकी अन्यलाई होस्टेलमा राखिएको छ।

कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको क्वारेन्टाइन समयमै सम्पन्न नहुँदा बुधबार बिहान रुपैडिहा र गड्डाचौकीबाट उद्धार गरिएका नागरिकलाई होटेलमा राख्नुपर्ने अवस्था आएको हो। नेपाल लकडाउन भएपछि उनीहरुको प्रदेश सरकारले उद्धार गरेको थियो। उद्धार गरीएका सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने कर्णाली प्रदेशले जनाएको छ।

एक हजार बेडको क्वारेन्टाइन बनाउने तयारी गरेको कर्णाली प्रदेश सरकारले हाल वीरेन्द्रनगरको खुल्ला मञ्चमा चार सय बेडको क्वारेन्टाइन बनाइरहेको छ। गत आइतबारदेखि निर्माण थालिएको क्वारेन्टाइन अझै तयार भइसकेको छैन। क्वारेन्टाइनका लागि आवश्यक शौचालय, खानेपानी, विद्युत जडानलगायतका काम बाँकी नै छन्।

यद्यपि प्रदेश सरकारले भने भोली (शुक्रबार) सम्म उद्धार गरिएका सबैलाई क्वारेन्टाइनमा राख्ने दाबी गरेको छ। सामाजिक विकास मन्त्री दल रावलका अनुसार विद्युत, खानेपानी र शौचालय निर्माणका काम बिहीबार सकिने भन्दै शुक्रबार सबैलाई क्वारेन्टाइनमा राखिने बताए।

लकडाउनका कारण अलपत्र परेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले १११० नम्बरको हटलाइन सेवासमेत सुरु गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2020| 12:45 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।