शनिबार, फागुन ३०, २०८२

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या स्पेनमा समेत लगातार बढिरहेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या स्पेनमा समेत लगातार बढिरहेको छ। युरोपेली मुलुक इटलीसँगै स्पेनको मृत्युदर उच्च रुपमा वृद्धि भएको हो।

National life

एजेन्सीहरुका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय ३८ जनाको मृत्यु भएको छ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ४३४ पुगेको छ। मंगलबार त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ थियो।

स्पेनमा संक्रमितको संख्या ४७ हजार ६१० पुगेको छ। मंगलबार संक्रमितको संख्या ३९ हजार ६७३ थियो।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटलीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ। त्यहाँ ६९ हजार १७६ जना संक्रमित भएका छन्।

Laxmi sunrise bank
kumari

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २८१ छ।

अमेरिकामा पनि संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ। त्यहाँ संक्रमितको संख्या ५४ हजार ९४१ पुगेको छ।

प्रकाशित: Mar 25, 2020| 11:21 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।