शनिबार, फागुन ३०, २०८२

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

बेलायती राजकुमारचार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

एजेन्सी- बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।

National life

बीबीसीका अनुसार बेलायतको राजदरबारले यस कुराको पुष्टि गरेको छ।

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँमा कोरोना भाइरस संक्रमणको जाँच गर्दा पोजेटिभ देखिएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उहाँको दैनिकी पूर्ववत् छ र स्वास्थ्यलाभ पनि गरिरहनु भएको छ।’

प्रवक्ताका अनुसार उहाँकी श्रीमतीको पनि स्वास्थ्य परीक्षण गरिएकोमा संक्रमण देखिएन।

दुबै जना स्कटल्याण्डस्थित घरमै आइसोलेशनमा रहेका छन्।

Laxmi sunrise bank
kumari

बेलायती राजकुमार चार्ल्सले केही दिनअघि एउटा भेटघाटमा हात नमिलाई नमस्कार गरेको भिडियो भाइरल बनेको थियो।

प्रकाशित: Mar 25, 2020| 10:49 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।