मंगलबार, जेठ ५, २०८३

अस्पतालमा पीपीईलगायत अत्यावश्यक सामग्री वितरण गर्दै चौधरी फाउण्डेसन

 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– चौधरी ग्रुपद्वारा प्रबद्र्धित चौधरी फाउण्डेसनले विभिन्न अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिरहेको छ।

National life

फाउण्डेसनले लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा पीपीई, अक्सिजन जेनेरेटेड एपाचर्स, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।

पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल भरतपुर, सहज हेल्थ फाउन्डेसन गैंडाकोट, पिताउन्जी हेल्थ पोस्ट नवलपुर र प्राइमेरी हेल्थ सेन्टर दुम्कौलीमा पनि पीपीई लगायत अत्यावश्यक सामग्री वितरण गरेको छ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का प्रमुख स्वास्थ्य केन्द्रमा भोलि, बिहीबारसम्ममा आवश्यक सामग्री वितरण गरिने फाउण्डेसनले जनाएको छ।

फाउण्डेसनले स्वास्थ्य संस्थामा पीपीईलगायत अत्यावश्यक सामग्री अभाव नहोस् भनेर हेल्पलाइन पनि सुरू गरेको छ। स्वास्थ्य संस्थामा अत्यावश्यक सामग्रीको आवश्यकता भएमा ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गरेर मगाउन सकिनेछ।

परीक्षण किट निर्यातका लागि पनि अन्तिम चरणमा पुगेको चौधरी फाउण्डेसनले जनाएको छ।

प्रकाशित: Mar 25, 2020| 08:39 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्