बिहीबार, साउन १४, २०८३

रुसमा शक्तिशाली भूकम्प

बुधबार रुसमा शक्तिशाली भूकम्प गएको छ। त्यहाँको कुरिल आइसल्याण्डमा ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

एजेन्सी- बुधबार रुसमा शक्तिशाली भूकम्प गएको छ। त्यहाँको कुरिल आइसल्याण्डमा ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ।

भूकम्पपछि त्यहाँ शक्तिशाली सामूद्रिक आँधी आउने चेतावनी दिइए पनि चेतावनी फिर्ता लिइएको छ।

अमेरिकन जिओलोजिकल सर्वेका अनुसार उत्तरपूर्वी जापानको सापोरो सहरबाट १४ सय किलोमिटर टाढा ५९ किलोमिटर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

प्रशान्तीय सुनामी चेतावनी केन्द्रले सामान्य सुनामी भने आउन सक्ने चेतावनी दिएको छ।

भूकम्पले के कस्तो क्षति गरेको छ भन्नेबारे भने केही जानकारी प्राप्त भइसकेको छैन।

प्रकाशित: Mar 25, 2020| 05:00 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।