शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमणबाट भारतमा थप एकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा थप एकको ज्यान गएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

नयाँ दिल्ली– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा थप एकको ज्यान गएको छ।

National life

समाचार एजेन्सी पीटीआईका अनुसार कोरोना संक्रमणबाट तमिलनाडु राज्यस्थित राजु अस्पतालमा ५४ वर्षीय पुरुषको ज्यान गएको हो। स्वास्थ्यमन्त्री सी विजय बास्करले आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै कोरोना संक्रमणबाट ज्यान गुमाउने ती व्यक्ति उच्च रक्तचाप तथा सुगरको बिरामीसमेत रहेको बताएका छन्।

तमिलनाडुमा कोरोना संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

वर्ल्डओमिटरडटइन्फोका अनुसार भारतमा पाँच सय ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ। कर्नानकमा अहिलेसम्म ४१ जनामा संक्रमण पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Mar 25, 2020| 04:29 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।