शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरस : चीनबाहिर निको हुने बिरामी १० प्रतिशत मात्रै

कोरोना भाइरस : चीनबाहिर निको हुने बिरामी १० प्रतिशत मात्रै

चीनबाहिर कोरोना भाइरस (कोभिड–१९) संक्रमित १० प्रतिशत बिरामी मात्रै निको भएको पाइएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

वासिंटन– चीनबाहिर कोरोना भाइरस (कोभिड–१९) संक्रमित १० प्रतिशत बिरामी मात्रै निको भएको पाइएको छ।

National life

वर्ल्डओमिटरडटइन्फोका अनुसार चीनबाहिर बुधबार बिहानसम्म तीन लाख ४१ हजार चार सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये उपचारपछि स्वस्थ भएर घर फर्कने बिरामी ३५ हजार दुई सय २९ छन्, जुन चीनबाहिरका कुल संक्रमित बिरामीको १०.३२ प्रतिशत हो।

चीनमा भने निको हुने बिरामीको संख्या निकै उच्च छ। त्यहाँ बुधबार बिहानसम्म उपचारपछि स्वस्थ भएर घर फर्कने बिरामीको संख्या झन्डै ९१ प्रतिशत छ।

वर्ल्डओमिटरडटइन्फोका अनुसार चीनमा बुधबार बिहानसम्म ८१ हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ७३ हजार ६ सय ५० निको भएका छन्, जुन चीनका कुल संक्रमितको ९०.६८ प्रतिशत हो।

चीनमा नयाँ संक्रमित र मृत्यु पनि पछिल्लो केही साता कम रहेको पाइएको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार चीनले कोरोनाको मुख्यभूमि हुबेई प्रान्तमा ‘लकडाउन’ नीति अपनाउँदा त्यहाँ नयाँ संक्रमण न्यून देखिएको हो।

Laxmi sunrise bank
kumari

विश्वभर बुधबार बिहानसम्म चार लाख २२ कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वभर १८ हजार आठ सय ९५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित: Mar 25, 2020| 03:52 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।