शनिबार, पुस १२, २०८२

राउटे बस्ती पनि लकडाउन, हात धुन सिक्दै राउटे

राउटे समुदायका लागि शौचालय बनाउन खोज्दा उनीहरुले अबरोध गरेका छन् ।
 |  बुधबार, चैत १२, २०७६

देव राना

देव राना

बुधबार, चैत १२, २०७६

राउटे समुदाय लोपोन्मुख जाति हो । मानव जातिको एउटा इतिहास र चिनारी पनि हो राउटे। विश्वले चन्द्रमामा बस्ती बसाल्ने कल्पना गरिरहँदा राउटे समुदाय भने अझै पनि जंगली युगमा छ ।

National life

जंगलका गुना, बाँदरको सिकार र काठका भाँडाहरु बनाउनु उनीहरुको पेशा हो । राउटे समुदायको आफ्नै पोशाक र धर्मसंस्कार छ । यिनै विशेषताले समाजमा राउटे पहिचान बेग्लै छ । न उनीहरुलाई नेपालको नियम कानुनको परवाह हुन्छ, न त सामाजिक परिवेशको नै ।

तर, विश्वलाई नै त्रसित पारेको कोरोना भाइरसको असर भने राउटे बस्तीमा पनि परेको छ । कोरोनाको संक्रमण भित्रन नदिन जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे बस्ती पनि ‘लकडाउन’ भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले भेरीगंगा–२ को छिन्चु खोला किनारमा बस्दै आएको राउटे बस्तीलाई लकडाउन गरेको हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश रोक लगाइएको छ । नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले दिएको जानकारी अनुसार लकडाउनमा राख्न इलाका प्रहरी कार्यालय छिन्चुलाई राउटे बस्तीको जिम्मा दिइएको छ ।

तर राउटेले भने लकडाउन अवज्ञा गरेका छन् । बजार र बस्तीमा घुमफिर गर्न छोडेका छैनन् । बजारमा भेटिएका राउटेलाई प्रहरीले पुनः बस्तीमा पुर्याउने गरेको नगर प्रमुख चन्दले जनाकारी दिए ।

Laxmi sunrise bank
kumari

हात धुन सिकाउन स्वास्थ्यकर्मी खटाइयो

राउटे समुदायले प्रायः साबुन प्रयोग गर्दैनन् । फिरन्ते जीवन बिताउने भएका कारण बस्तीमा चर्पीसमेत छैन। तर कोरोनाको त्रासपछि भने राउटे समुदायले पनि साबुन पानीले हात धुन थालेका छन् । विस्तारनै रुपान्तरणको क्रममा रहेका उनीहरुले साबुनपानीले हात धुन सिकेको भेरीगंगा नगरपालिको जनाएको छ । राउटे बस्तीलाई महामारी फैलनबाट बचाउन साबुनपानीले हात धुने व्यवस्था मिलाइएको नगर प्रमुख चन्दको भनाइ छ ।

नगरपालिकाले राउटे समुदायलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको छ । ‘हामीले स्वास्थ्यकर्मी नै खटाएर हात धुन सिकायौं,’ नगरप्रमुख चन्दले भने, ‘सरसफाइमा ध्यान दिनका लागि सबैलाई पुग्ने गरी साबुन र पानीको व्यवस्था गरेका छाँै ।’ यद्यपि राउटेलाई हात धुन सिकाउनु चुनौतिपूर्ण भएको चन्द बताउँछन् ।

शौचालय निर्माणमा अवरोध

राउटे समुदायका लागि शौचालय बनाउन खोज्दा उनीहरुले अबरोध गरेका छन् । भेरीगंगा नगरपालिकाका कर्कचारीको टोली राउटे समुदायका लागि अस्थायी शौचालय बनाउन बस्तीमा पुगेको थियो ।

तर शौचालय निर्माणमा अवरोध गरेपछि शौचालय नबनाई फर्किएको भेरीगंगा नगरपालिको जनाएको छ । खुल्ला ठाउँमा दिशापिसाव गर्दा बस्ती नै दुर्गन्धित हुने र रोगको संक्रमण फैलिन सक्ने भन्दै अस्थायी शौचालय निर्माण गर्न पहल गरेको थियो ।

प्रदेश सरकारसँग खाद्यान्न माग

लकडाउन गरिएको राउटे बस्तीमा भोकमरी हुन नदिन प्रदेश सरकारसँग खाद्यान्न माग गरिएको छ । कम्तिमा एक महिना पुग्नेगरी खाद्यान्नको व्यवस्था गरिदिन प्रदेश सरकारसँग माग गरिएको नगरपालिकाले जनाएको छ ।

‘हामीसँग खाद्यान्न किन्नका लागि आर्थिक स्रोत छैन, एक महिना पुग्ने खाद्यान्न उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेका छौँ,’ नगरप्रमुख चन्दले भने, ‘नगरपालिकाले मात्रै एक सय ५० घरधुरीलाई पाल्न सक्दैन ।’ राउटेले काठका भाँडावर्तन बिक्री र सरकारले दिने लोपोन्ुमख भत्ताबाट जीविका निर्वाह गर्दै आएका छन् ।

१५० जना एउटै बस्तीमा

कोरोनाको त्रासपछि सरकारले २५ जना भन्दा बढी जम्मा हुन नपाउने नियम लागू गरेको छ । यदि २५ जना भन्दा बढी जम्मा भएको खण्डमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

तर राउटे समुदायका १ सय ५० जना भने एउटै हुलमा बस्दै आएका छन् । खुल्ला ठाउँमा त्रिपालका झुप्रा बनाएर एकै ठाउँमा बस्छन् उनीहरु । त्रिपालका झुप्रा पनि एक आपसमा जोडिएर निर्माण गरिएका छन् ।

प्रकाशित: Mar 25, 2020| 01:36 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।