शनिबार, फागुन ३०, २०८२

भारत सरकारको आग्रह– काम नभए पनि श्रमिकलाई नियमित तलब देऊ

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– भारत सरकारले अस्थायी र करारमा कार्यरत कर्मचारी/श्रमिकलाई जागिरबाट ननिकाल्न ‘एडभाइजरी’ जारी गरेको छ ।

National life

भारतीय श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक, निजीलगायत सबै रोजगादाता कम्पनीलाई व्यापार–व्यवसाय असहज भएको बहानामा कर्मचारी निकाल्न नपाइने बताएको हो।

कोभिड–१९ को संक्रमणको कारण आज मध्यरातदेखि तीन सातासम्मको लागि भारत ‘लकडाउन’ गरिएको छ। यसअघि भारतमा जनता कर्फ्यु लगाइएको थियो।

लकडाउनको अवधिमा कामदारहरुको ज्यालसमेत नघटाउन र पुरै तलब दिन भनिएको छ । अर्थव्यवस्था ठप्प हुँदा सबैभन्दा बढी मार अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई पर्छ।

प्रकाशित: Mar 24, 2020| 15:33 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।