शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ६० विद्यालय र ३ हजार होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव

कर्णालीमा ६० विद्यालय र ३ हजार होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव

कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य कर्णाली प्रदेशमा निजी विद्यालय र होटलमा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन्।
 |  मंगलबार, चैत ११, २०७६

देव राना

देव राना

मंगलबार, चैत ११, २०७६

सुर्खेत- कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य कर्णाली प्रदेशमा निजी विद्यालय र होटलमा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन्।

National life

प्रदेशमा कोरोनाको महामारी फैलिएमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरिएको हो।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशले ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको हो। जसअनुसार प्याब्सनले सुर्खेतका २७, जाजरकोटका ३, सल्यानका ५, दैलेखका २, कालिकोटका ५, जुम्लाका ६, मुगुका २ र रुकुमपश्चिमका १० विद्यालयका एक सय ७० कक्षा कोठा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने जनाएको छ।

प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले भौतिक पूर्वाधार सम्पन्न विद्यालयहरु छनोट गरेर क्वारेन्टाइनका लागि प्रयोग गरिने विद्यालय कक्षा कोठा र सम्पर्क व्यक्तिको नाम र नम्वर प्रदेश सरकारलाई उपलब्ध गराइएको छ।
तीन हजार होटेल क्वारेन्टाइन

यस्तै प्रदेश सरकारलाई आवश्यक परेको खण्डमा कर्णालीका करिव तीन हजार होटललाई क्वारेन्टाइन बनाउन दिने भएका छन्। कर्णालीका होटल व्यवसायीहरुले कोरोनाबाट हुन सक्ने महामारीलाई ध्यानमा राखी सबै होटललाई क्वारेन्टाइन बनाउन दिने जनाएका हुन।

Laxmi sunrise bank
kumari

होटल व्यवसायी संघका प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले दिएको जानकारी अनुसार सुर्खेत लगायत कर्णालीका होटलमा क्यारेन्टाइन जानकारी दिए। सम्पूर्ण होटलहरुले क्वारेन्टाइन बनाउन दिन प्रस्ताव गरेको शाहीको भनाइ छ।

प्रकाशित: Mar 24, 2020| 11:58 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।