बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालले भर्ना नलिएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

अस्पतालले भर्ना नलिएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

अस्पतालले भर्ना नलिएका नवलपरासी रामग्राम नगरपालिकाका २४ वर्षीय दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न अस्पतालले भर्ना नलिएका नवलपरासी रामग्राम नगरपालिकाका २४ वर्षीय दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको छ।

स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको पाँचौं दिन मंगलबार चौधरीको नेगेटिभ रिपोर्ट आएको लुम्बिनी प्रादेशिक अस्पतालका डा.सुदर्शन थापाले जानकारी दिए।

कोरोना संक्रमणको आशंकामा अस्तालले भर्ना नलिँदा चौधरीलाई परिवारजनले रुपन्देही, चितवन हुँदै काठमाडौंसम्मका अस्पतालमा पुर्याएका थिए। मुख्यमन्त्री शंकर पोखरेलको भनसुनपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चैत ६ गते साँझ भर्ना भएका उनको स्वाब चैत ७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको अस्पतालले जानकारी दिएको थियो।

चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमा परीक्षण गराएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको आशंकामा अस्पतालले थप उपचारका लागि चैत ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो। । उक्त मेडिकल कलेजले कोरोनाको आशंका गर्दै काठमाडौं टेकु अस्पताल रिफर गरेको थियो।

आफन्तले टेकु नलगेर अन्य अस्पताल लगेर पुनः लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए पनि भर्ना नपाएका चौधरीलाई अन्तमा चैत ६ गते साँझ भर्ना पाएका थिए। पेसाले उनी चालक हुन्।

याे पनि : कोरोनाको आशंका गरिएका युवालाई अस्पतालहरुले भर्ना लिएनन्, बिरामीको अवस्था गम्भीर

प्रकाशित: Mar 24, 2020| 11:40 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।