मंगलबार, वैशाख २९, २०८३

कोरोनाबाट स्पेनमा एकै दिन ५ सय १४ को मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकै दिन ५ सय १४ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

एजेन्सी- विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकै दिन ५ सय १४ जनाको मृत्यु भएको छ।

National life

मंगलबार मात्रै त्यहाँ ५ सय १४ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ पुगेको छ।

युरोपेली देश स्पेनमा कोरोनाबाट संक्रमितको संख्या ४० हजारको हाराहारीमा पुगेको छ।

मंगलबार मात्रै त्यहाँ ४ हजार ५ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन्।

हालसम्म सबैभन्दा धेरै इटलीमा सबैभन्दा धेरै ६ हजार ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६३ हजार ९२७ पुगेका छन्।

अमेरिकामा संक्रमितको संख्या ४६ हजार १६८ पुगेका छन्।

विश्वभर कोरोनाबाट १७ हजार १ सय ३८ जनाको मृत्यु भएको छ।

झण्डै ४ लाख संक्रमित भएका छन्।

१ लाख २ हजार ८५० जना उपचारपछि निको भएका छन्।

प्रकाशित: Mar 24, 2020| 11:09 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।