शनिबार, साउन २३, २०८३

प्याब्सन र मिडास एजुकेसनको सहकार्यमा ई–क्लास चलाइने

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र मिडास एजुकेसन प्रालि मिलेर ई–क्लास चलाउने भएका छन्।

अनिश्चितकालीन छुट्टीको यो समयमा बालबालिकालाई घरभित्रै कक्षाअनुसारको सिकाइलाई निरन्तरता दिन प्याब्सन र मिडासले ई–क्लास चलाउने सहमति गरेका हुन्।

मिडासले ई–क्लास एप एक महिनाका लागि निःशुल्क प्रदान गर्ने भएको छ। मिडास एप नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीका लागि उपयोगी छ।

एप गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ।

प्रकाशित: Mar 24, 2020| 08:59 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्