बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर ठप्प, पचासभन्दा बढी मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरु)

जनकपुर ठप्प, पचासभन्दा बढी मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरु)

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन मंगलबार जनकपुर पनि ठप्प भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

जनकपुरधाम–  कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन मंगलबार जनकपुर पनि ठप्प भएको छ।

यहाँका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन्।

छिटपुट सञ्चालनमा रहेका मोटरसाइकल समेत प्रहरीले रोकेको छ।

जनकपुरको जिरोमाइलबाट प्रहरीले पचासभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जना पक्राउ परेका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन्।

सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुनसक्ने निरौलाले बताए।

अहिले सम्म घरबाहिर निस्केकालाई सम्झाइबुझाइ फिर्ता पठाइएको छ, जबरजस्ती गरे नियन्त्रणमा लिइ कारवाही हुन्छ उनले भने।

 

 

 

 

प्रकाशित: Mar 24, 2020| 06:33 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।