शनिबार, साउन २३, २०८३

विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालमा कोरोना भाइरस परीक्षण विश्वसनीय

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा भइरहेको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण विश्वसनीय भएको बताएको छ ।

डब्ल्यूएचओले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षण प्रक्रिया विश्वसनीय र चिकित्सकहरूले उच्चस्तरीय क्षमता प्रदर्शन गरेको जनाएको हो।

डब्लूएचओले प्रयोगशालाको अध्ययन गर्न माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टको टोलीलाई खटाएको थियो।

टोलीले १३ देखि २१ मार्चसम्म प्रयोगशालाको अध्ययन गरी सामान्य सुधारको सिफारिससहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ।

प्रयोगशालाको अध्ययन पश्चात तयार पारिएको प्रतिवेदनमा कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको उल्लेख छ।

साथै उक्त काममा खटिएका जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको उल्लेख छ।

प्रयोगशालाले परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने डब्लूएचओको सुझाव छ।

प्रकाशित: Mar 24, 2020| 06:37 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्